अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शूल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर

काठमाडौँ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने विद्यालयहरूमा कालो ब्यानर राखेर बिरोध गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय सर्कुलर र केही समय अघि जिल्ला सङ्गठनले बुझाएको माग पत्रलाई बेवास्ता गरेपछि मङ्गलबार कालो ब्यानर टाँसेको जिल्ला अध्यक्ष बाबुराम एसकेले जानकारी दिएका छन् ।
जिल्लाका जनज्योती मावि चुत्राबेशी, युवाबर्ष रविचित्र मावि हटारी, महेन्द्र विद्यावोध मावि छत्रदेव, विश्व मावि ढाकावाङग, शिद्धार्थ मावि रतनमारे शान्ति मावि वाँगी, शिवमदन मावि नरपानी लगायतका विद्यालयमा कालो ब्यानर राखेको बताएका छन् ।
‘विद्यार्थीबाट क्यारेक्टर सर्टिफिकेटको चर्को शूल्क लिएकोले, सरकारी विद्यालयमा राज्यले १२ सम्म निःशुल्क शिक्षा भने पनि चर्को शूल्क अशूल गरेकोले, सरकारी विद्यालयलाई बिस्तारै निजीकरण गर्ने प्रयास गरेकोले, राजनीतिक आडमा विद्यालय प्रशासन विद्यार्थीहरूको मागप्रति गम्भीर नभएकोले र भवन निर्माग गर्दा आर्थिक अनियमितता गरेकोेले’ लगायतका बुँदाहरू कालो ब्यानरमा राखेको छ । यस्तै जिल्ला इन्चार्ज नविन खड्काले यो दोस्रो चरणको आन्दोलन भएको र हामीले राखेका मागहरूमा गम्भीर नभए र बेवास्ता गरिएमा तेस्रो चरणको आन्दोलनको आन्दोलनबाट हुने क्षति सरोकारवालाले बेहोर्नु पर्ने बताएका छन् ।