तीन विद्यार्थी संगठनद्वारा सरकारलाई गम्भीर बन्न चेतावनी !

काठमाडौं । तीन विद्यार्थी संगठनले मणीपाल मेडीकल कलेज विक्री प्रकरण, चर्को अनलाईन शुल्क, दार्चुला तुईन घटना र राष्ट्रघाति MCC सम्झौता लगायतका विषयमा सरकारलाई गम्भीर बन्न चेतावनी दिएका छन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी), अनेरास्वबियु (पाचौ) र बैज्ञानिक समाजवादी बिद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मा , अनेरास्वबियु (पाचौ)का अध्यक्ष घनश्याम मिश्र र बैज्ञानिक समाजवादी बिद्यार्थी संगठनको संयोजक राजेश्वरी सुबेदीले जारी गरेको संयुक्त प्रेस विज्ञप्तियस प्रकार रहेको छ –
“आज मिति ०७८ भाद्र १६ गते देशका तिन जिम्मेवार विद्यार्थी सगठनहरुको सयुक्त बैठक याँस निम्न विषयहरुकमा छलफल गरि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ।
१) मणीपाल मेडीकल कलेजबारे – सन १९९४ मा नेपाल सरकार र भाररातय कम्पनीको विच भएको सम्झौता अनुसार काठमाण्डौं विश्वविद्यालयबाट सम्बन्धन लिई चलेको र ४९ बर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने पोखरास्थित माणपाल मेडीकल कलेज भारतिय कम्पनीले चलाउन नसकेको स्थितिमा नेपाल सरकारको स्वामित्वमा ल्याउनुपर्नेमा बिचैमा सम्झौता बिपरित तेस्रो पक्षलाई अपारदर्शि ढंगले बिक्रि गरेको प्रति हामी घोर आपत्ति प्रकट गर्दछौ । र तत्काल उक्त निर्णयलाई खारेज गर्दै नेपाल सरकारले हस्तक्षेप गरि नेपाल सरकारको स्वामित्वमा रहने गरि बिश्वबिद्यालयको आंगिक कलेजको रुपमा संचालन गर्न जोडदार माग गर्दछौ ।
२) चर्को अनलाईन शुल्कबारे :- कोभिड १९, को महामारिको कारणले अनलाईन प्रणालीबाट शिक्षण गरिरहेका शैक्षिक सस्थाहरुले भौतिक उपस्थितिमा जस्तै शुल्क लिएकोमा हामी आपत्ति प्रकट गर्दै तत्काल शुल्क फिर्ता गर्न र अनलाईन प्रणालीबाट शिक्षण गर्दा शुल्कको ८० प्रतिशत छुट गर्ने जोडदार माग गर्दैछौ । साथै देशका बिभिन्न भागमा बाढी, पहिरोलगायतको प्राकृतिक प्रकोपमा परि भएको जनधनको क्षतिलाई राहत, उद्दार र दीर्घकालीन व्यवस्थापनमार्फत समस्या समाधान गर्न माग गर्दछौ ।
३ ) दार्चुला तुईन घटनाबारे:- दार्चुलामा महाकाली नदीमा तुईन तदैं गर्दा भारतिय एसएसबिले तुईन काटी हत्या गरिएका ३३ बर्षिय नेपाली नागरिक जयाँसहँ घामीका हत्याको सत्यतथ्य प्रतिवेदन सार्बजनिक गर्न, हत्यारालाई कारबाहिको लागी कुटनीतिक रुपमा पहल गर्ने र हत्यारालाई मानबताबिरोधी हत्याको आरोपमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउनका लागी विशेष पहल गर्न नेपाल सरकारसग जोडदार माग गर्दछौ ।
४) राष्ट्रघाति mcc सम्झौताबारे – अमेरिकी सैन्य सुरक्षा रणनीति अन्तर्गत नेपाललाई रणमैदान बनाउने राष्ट्रघाति mcc परियोजनालाई तत्काल खारेज गर्न र नैपालको राष्ट्रियता र सार्बभौमिकतालाई रक्षा गर्नेका लागी mcc बिरुद्धको आन्दोलनलाईं शसक्त पार्न सम्पुर्ण देशभक्त युवा, विद्यार्थी सगायत आम जनसमुदायलाई आहवान गर्दछौ ।”