त्रिविद्वारा चोरी पत्ता लगाउने सफ्टवेयर प्रयोग !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले थेसिस चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ । त्रिविका रेक्टर शिवलाल लम्सालले अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’ नाम गरेको एन्टिप्लेजरिजम सफ्टवेयरले जाँच गर्ने जनाउदै सफ्टवेयरमार्फत थेसिसमा हुने चोरी पत्ता लाग्ने बताएका छन । खासगरी पिएचडी र एमफिलका थेसिस कडाइका साथ हेरिनेछ । त्रिविका आङ्गिक क्याम्पसहरूले पनि यो सफ्ट्वेयर प्रयोग गर्दै जाने उहाँको भनाई रहेको छ । कतिपय क्याम्पस र विभागहरूले पहिलेदेखि चोरी जाँच गर्ने सफ्ट्वेयरहरू प्रयोग गर्दै आएका छन् । तर त्रिविले औपचारिकरूपमा पहिलोपटक लागू गरेको हो । यो सफ्ट्वेयर प्रयोगमा ल्याइसकेपछि त्रिविले आउने दिनमा पेश हुने थेसिसमात्र होइन यसअघिका थेसिसहरू पनि हेर्ने बताइएको छ । आउँदा दिनमा हुने थेसिसका चोरीमात्र होइन आवश्यक परे यसअघिका थेसिस हेरिने छ । तिनमा चोरी भएको पत्ता लागे प्रतिलिपि ऐन अनुसार कारबाही हुने लम्सालले स्पष्ट पार्नुभयो । कुनै थेसिसमा चोरी भएको भन्ने उजुरी पर्यो भने यसअघिका थेसिसहरू त्रिविले अनुसन्धान गर्ने छ । प्रतिलिपी अधिकार हनन गर्दा कसुरको मात्रा हेरेर दश हजारदेखि १ लाख सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रतिलिपी अधिकार ऐन २०५१ मा उल्लेख छ ।