अखिल (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा मेघेन्द्र न्यौपाने

२०७८ भाद्र २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) नुवाकोटको प्रथम जिल्ला भेलाले अध्यक्षमा मेघेन्द्र न्यौपाने, उपाध्यक्षमा सुमन राई, सचिवमा रोजिना नेपाली, सहसचिवमा दिपेश राई, कोषाध्यक्ष रेनुका तामाङलगायत १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य नुवाकोट जिल्ला इन्चार्ज बिन्दु, अतिथि जिल्ला सेक्रेटरी सृजनको उपस्थितिमा भेला सम्पन्न भएको हो । कार्यक्रमका अतिथिहरुले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु