अखिल नेपाल शिक्षक संगठनद्वारा अधिकारीको निधनप्रति श्रद्धाञ्जली

काठमाडौँ । अखिल नेपाल शिक्षक संगठनले सो संगठनका केन्द्रीय सदस्य एवम नेपाल शिक्षक महासंघका अर्थ उपमहासचिब शेरबहादुर अधिकारीको असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । संगठनका केन्द्रीय
अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीले शोक वक्तव्यमार्फत अधिकारीको असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।
अध्यक्ष पाठक र महासचिव रुपाखेतीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ – “हाम्रो गौरबशाली संगठन अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवम नेपाल शिक्षक महासंघका अर्थ उपमहासचिब शेर बहादुर अधिकारीको असमायिक निधनले हामी र हाम्रो संगनठनलाई अत्यन्तै मर्माहत एवं दुखी बनाएको छ । वहाँले सामाजिक क्रान्तिकारी परिवर्तनको लागि साहित्य र शैक्षिक आन्दोलनमा खेलेको भुमिकालाई इतिहासमा कसैले भुल्न सक्ने छैन । अत्यन्तै घनिष्ठ मित्र तथा सहयोगद्धा क. शेर बहादुर अधिकारीको असमायिक निधनले क्रान्तिकारी शिक्षक आन्दोलनमा ठूलो घाटा पुगेको छ । यो शोकको घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछौं । “