६ विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मूल्यवृद्धिका कारण नेपाली जनजीवनलाई कठिन बनाएको ती संगठनको ठहर छ । ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।’आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्रास्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएका छन् ।मुलुकका ८० लाख विद्यार्थीहरुको प्रतिनिधि संगठनहरुको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईई नतिजा असार तेस्रो साता

२०८२ असार ३ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार