दशरथ माध्यमिक विद्यालयमा तालाबन्दी !

२०७८ कार्तिक १७ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) कैलालीले दशरथ माध्यमिक विद्यालयको प्रध्यानाध्यापकको कार्यकक्ष र लेखाशाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । सो संगठनले कार्तिक १५ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न,सार्वजनिक लेखापरिक्षण गराई विद्यालयको आय(व्याय सार्वजनिक गर्न, ब्यक्तिगत रुपमा प्रयोग गरिएको विद्यालयको रकम फिर्ता गर्न, तत्काल अभिभावक भेला बोलाई विद्यालयमा देखिएका समस्याहरु सामाधान गर्न लगायतका मागहरु राख्दै विद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।
आफुहरुका मागहरुलाई विद्यालय प्रशासनले वेवास्था गरिएपछि पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत विद्यालयमा तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष महेश पातलीले जानकारी गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु