शिक्षा समन्वय इकाइ प्रमुख देबकोटालाई कालोमोसो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकाय युबा संगठन नेपालले कालीकोटका शिक्षा समन्वय इकाइ प्रमुख महेशदत्त देबकोटालाई कालोमोसो दलेका छ्न । प्रमुख देबकोटाले शिक्षक सरुवा – बढुवमा आर्थिक चलखेल गरेको शैक्षिक क्षेत्रमा मनपरि गरेको भन्दै उनलाई कालोमोसो दलेको युबा संगठनले जनाएको छ । शिक्षा समन्वय इकाइ प्रमुख महेशदत्त देबकोटाले कुनै पनि बिद्यालयमा अनुगमन नगरेको,शिक्षकलाई राजनीति आस्थाका आधारमा सरुवा बढुवा गरेको,प्रधानाध्यापकसग मिलेर शैक्षिक बिकृतिको संरक्षण गरेकोले कारबाही गर्नु परेको युबा संगठनले बिज्ञप्तीमार्फत जनाएको छ ।

