१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै

२०७८ पुष ४ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाउन लागेको हो । यसअघि फाइजर खोप दिन सुरु नगरिएका जिल्लाहरुमा मोडेर्ना खोप लगाउने निर्णय भएको हो । फाइजर खोप दिन थालिएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म यो अभियानलाई ब्यापक बनाईनेछ । फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु