काठमाण्डौ मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं । चिकात्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क असुल्ने प्रयत्न गरेपछि काठमाण्डौ मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा काठमाण्डौ विश्वविद्यालय इन्चार्ज महेश अधिकारीले चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको भन्दा बढी रकम तिर्न उर्दी जारी गरेपछि विद्यार्थीले उक्त कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेको बताए । चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको रकम ४०,२३,२५० हो र सो भन्दा २० लाख रूपैयाँ बढी तिर्न मेडिकल कलेजले उर्दि जारी गरेको र विडिएसका विद्यार्थीलाई पनि ६ लाख वढी रकम तिर्न सुचना जारी गरेको छ । कलेजले विभिन्न बहाना, शर्त तेर्साएर सो रकम तिर्न दवाब दिएपछि सो रकम कुनैपनि हालतमा नतिर्ने भन्दै एमविविएस र विडिएसका आन्दोलित भएर तालाबन्दी गरेका हुन् ।
आन्दोलनरत काठमाण्डौ मेडिकल कलेजका विद्यार्थीले राखेको माग यस प्रकार रहेका छन –
१) कलेजले भविष्यमा आयोगले तोकियको बाहेक अन्य शुल्क लिने छैन भनेर लिखित प्रतिबद्धता दिनुपर्ने ।
२) करारनामाको नाममा विद्यार्थीहरुलाई अनावश्यक दबाब दिन नपाइने ।
३) छात्रावास अनिवार्य गराएर एउटा कोठाको केवल लजिङ्को लागि २४,००० र त्यो पनि मंसिर १९ गतेबाट गणना गरिने कुरा छ । साथै वार्षिक ५% को दरले होस्टेल शुल्क छात्रावास शुल्क बढाउने कुरा छ । यसरी यस्ता बुदाका नाममा हामी विद्यार्थिलाई लुट्ने कुरा हामीलाई कदापी मान्य हुने छैन । अनि ऐच्छिक छात्रावास को व्यवस्था गर्न हामी जोडदार माग गर्दछौ।
४) शिक्षण शुल्कमा लाग्ने कर हामी विद्याथीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापी मान्य हुने छैन ।
५) शिक्षण शुल्कमा भर्ना, परीक्षा, सामुदायिक तालिम लगायत सबै शिक्षणका लागि आवश्यक पर्ने शुल्कहरू पर्छ । र यसका साथै आयोगले निकालेको सूचनाहरू अनुसार चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्क बाहेकका अन्य सबै – शुल्क ऐच्छिक हुन् । तर यस्ता ऐन तथा कानुनहरुको प्रवाह नगरी लिन खोजे का अतिरिक्त शुल्कहरु लिन खोजिएका अतिरिक्त शुल्क हरू हामी तिर्न बाध्य छैनौ र त्यस्ता शुल्कहरु ऐन सङ्गत पनि नभएकोले अविलम्व खारेज गरियोस । KU Registration, KU Exam Affiliation ,Internship, Community posting, forensic Medicine Posting, Field Visit Fee.
६) Hostel अनिवार्य, मेस अनिवार्य र फेरी Mess मा पनि VAT लाउने कुरा हामीलाई कदापी मान्य हुने छैन ।
७) अध्ययन अवधी भर विद्यार्थीले गर्नुपने उपचार र स्वास्थ्य जाच जस्ता कुराहरुमा ९० प्रतिशत सम्म छुटको व्यवस्था गर्न मा ग गर्दछौ।
८) कलेजले अध्ययन अवधीभर हामी विद्यार्थीलाई, अतिरिक्त शुल्क का साथै अन्य अन्यायपूर्ण कामहरू गर्न खोजेमा हामी त्यसको विरुद्ध निस्फिक्री रूपमा त्यसको विरोध गर्ने छौं ।
९) अध्ययन अवधी भरमा भवितव्य भई विद्यार्थीको स्वास्थ्यमा खलल परेर पढन नसक्ने भएमा र अझै मृत्यु हुन गएमा विद्यार्थी ने सम्पूर्ण अवधिको पूरा शुल्क फिर्ता हुने छैन भन्ने जस्ता हास्यास्पद शर्तहरू हामी मान्न तयार छैनौ । त्यसको घोर विरोध गर्दै त्यस्ता बुँदाहरू तत्काल खारेज गर्न माग गर्दछौँ ।
१०) कलेजले आयोगका निर्णयहरू अविलम्व मान्न र शान्त र ऐन सङ्गत तरीकाबाट हामीले अध्ययन गर्न पाउने अधिकार को सुनिश्चित गर्नु सबै सम्बन्धित निकायहरूको कर्तव्य हो । त्यसैले हाम्रा मागहरु अविलम्ब पुरा गरी हाम्रो भविष्य हामीलाई ऐनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न जोडदार माग गर्दछौ । “