बिष्णु मेमोरियल बोर्डिङ स्कुललाई चर्को शुल्क घटाउन चेतावनी

२०७८ पुष ८ गते, बिहीबार


काठमाडौं । अखिल (क्रान्तिकारी)ले धरानस्थित बिष्णु मेमोरियल बोर्डिङ स्कुलले अत्यधिक शुल्क असुलेर बारम्बार बिद्यार्थीलाई मानसिक तनाव दिइरहेको र अभिभावकले स्थानीय निकायमा उजुरी दर्ता गर्दासम्म पनि स्थानीय निकाय मौन रहि दलाल प्रवृतिलाई अझ बढावा दिइरहेको पाइएको बताउदै शिक्षा समन्वय इकाइ धरान,प्याब्सन जिल्ला समिति सुनसरी,नगर प्याब्सन धरानलाई बोधार्थ दिदै प्रेस बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा संगठनले विद्यार्थीको भविस्यमा खेलवाड नगर्न र चर्को शुल्क घटाउन चेतावनी दिएको छ । अन्यथा संगठनले कठोर कदम चाल्ने समेत जनाएको छ। जिल्ला सचिव रोशन एवं के.स सुस्माको रोहवरमा उक्त प्रेस बिज्ञप्ति दिइएको सुनसरी इन्चार्ज नताशा सुबेदीले बताईन । उनले स्थानीय निकायलाई बिषय ढाकछोप नगर्न सुझाब समेत दिएकि छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार