अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा शिक्षा शाखालाई ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार संगठनका अध्यक्ष उदय घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकास्थित शिक्षा शाखामा संगठनको तर्फबाट ८ बुदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । विज्ञप्तिमा विद्यालय कर्मचारी र बाल विकास केन्द्रका शिक्षकको तलब भत्ता नेपाल सरकार शिक्षा मन्त्रालय गरेको निर्देशअनुसार भुक्तानी गर्नुपर्ने, पालिकाभित्रका विद्यालयमा भएका स्वीकृत शिक्षक दरबन्दीको मिलान विद्यार्थी संख्याका अधारमा गर्नुपर्ने, करार शिक्षक छनोटको लागि विषय विशेषज्ञको छनोट विद्यालयलाई गर्न दिनुपर्ने लगायतका ८ बुँदे माग गरेको छ ।
ज्ञापन पत्र बुझाउन अखिल नेपाल शिक्षक संगठनका जिम्मेवार सदस्य कुल बहादुर ओली, थबाङ गाउँ पालिकास्तरिय कार्य समिती अध्यक्ष उदय घर्ती, उपाध्यक्ष मूलज्योती शाह, सचिव निरज ओली, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रकाश गिरी लगाएत सहभागी भएका थिए ।
