‘मेडीकल कलेजका विद्यार्थीको माग तत्काल पुरा गर’

काठमाडौं । अखिल (क्रान्तिकारी) ले मेडीकल कलेजलाई विद्यार्थीहरुका माग पुरा गर्न, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।
यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “काठमाण्डौं विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौं मेडिकल कलेज(KMC)सिनामगल तथा मेडीकल माफिया सुनिल शर्मा, मणिपाल मेडीकल कलेज र नोवेल मेडीकल कलेजले MBBS-2021 व्याचका विद्याधीहरुबाट नियम विपरित, स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौँ रकम ठगीरहेको तथा विद्यार्थी र अविभावकहरुमाधी नियम विपरित गरेको अन्यायपुर्ण व्यवहार र रवैया प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मेडीकल माफिया सुनिल शामाँ तथा अन्य मेडीकल कलेजहरुको यो हर्कतको हाम्रो सगठन घोर निन्दा गर्दछ । चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, स्थानिय प्रशासन, विद्यार्थी सगठन, अविभावक र सम्वन्धित विद्यार्थीहरु कसैको पनि कुरा नसुनि निति, नियम, निर्देशन र अनुशासनको गम्भिर उलघन गरिरहेका मेडीकल कलेजलाई विद्यार्थीहरुका माग पुरा गर्न, चिकित्सा शिक्षा आयोग र
विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।
होस्टेलमा बस्ने/नबस्ने विषय ऐछिक र विद्यार्थीको स्वनिर्णय हुने र विद्यार्थीले सम्पूर्ण शुल्कहरु विश्वविद्यालयमा नै एकमुष्ट बुझाईसकेको अवस्थामा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र स्थानिय प्रशासनको स्पष्ट निति र निर्देशन हुँदाहुँदै KMC अन्य मेडीकल कलेजहरुले गरिरहेको अटेटी र ठगिको हामी भ्त्सर्ना गर्दछौँ । साधै KMC र अन्य मेडीकल कलेज प्रशासनलाई विद्यार्थीका मागहरु पुरा गर्न र निर्देशक निकायहरुका निर्देशनहरुलाई इमान्दारिताका साथ पालना गर्न माग गर्दछौँ । अन्यथा हामी विद्यार्थी र अविभावकहरुको अधिकारका पश्मा जुनसुकै स्तरको संघर्षमा उत्रिने चेतावनी पनि दिन चाहछौँ र उक्त परिस्थितिको जिम्मेवार स्वय KMC र अन्य मेडीकल माफियाहरु हुने विषय पनि स्पष्ट पार्दछौँ ।”
