कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाइदैं

२०७८ पुष २० गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोजका रुपमा अतिरिक्त खोप वितरण गर्दैछ । कोरोना भाइरसविरुद्धको खोप लगाएको तीन महिना पुगेका विभिन्न समूहका व्यक्तिलाई उक्त बुस्टर डोजका रुपमा अतिरिक्त खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु, एच.आई.भी भएका विरामीहरु, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका विरामीहरु र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिहरु उक्त अतिरिक्त खाोप लगाउने पाउनेछन् । मन्त्रालयले यी समूहमा पर्ने व्यक्तिहरुले आफूले पहिले लगाएको खोप कार्ड लिएर नजिकैको स्वास्थ्य संस्थामा लगाउन अनुरोध गरेको छ । मन्त्रालयले उक्त खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिइने थप अतिरिक्त खोप मात्र रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईई नतिजा असार तेस्रो साता

२०८२ असार ३ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार