केएमसीको लापरवाहीका कारण सहानीको मृत्यु : सत्यतथ्य सार्वजनिक गर्न माग

२०७८ पुष २१ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ले काठमाडौं मोडेल कलेज (केएमसी) को गम्भीर लापरवाहीका कारण छात्र सुशिल सहानीको मृत्यु भएको दुई हप्ता बितिसक्दा समेत सत्य तथ्य सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार अखिल (क्रान्तिकारी) का काठमाडौं इन्चार्ज गोविन्द विष्ट र संयोजक हस्त विकद्वारा संयुक्त हस्ताक्षेरित ज्ञापनपत्र बुझाउँदै कलेजको गम्भीर लापरवाहीका कारण अध्ययनरत १८ वर्षीय छात्र सुशिल सहानीको मृत्यु भएको र दुई हप्ता बितिसक्दा पनि घटनाको सत्य तथ्य सार्वजनिक नगरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । कलेजको होस्टेलमा बाथरुपममा भेन्टिलेशनको व्यवस्था नहुनु, अवस्था ठिक नभएको गिंजर प्रयोग गर्न लगाएकोले एक महिनाभित्र चार जना विद्यार्थीको यो प्रकृतिको घटना घट्दा समेत कलेज प्रशासन गम्भीर नभएकोप्रति अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ ।
कलेजले विद्यार्थीसँग चर्को शूल्क असुल्ने तर सुविधा सम्पन्न उपचार कक्षको समेत व्यवस्था नहुनु प्रशासनको गैरजिम्मेवारीपन भएको ज्ञापनपत्रमा उल्लेख छ । कलेज प्रशासनलाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरु पूरा नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने उक्त संगठनले चेतावनी दिएको छ । कलेज प्रशासनले घटना ढाकछोप गर्न खोजेको अखिल (क्रान्तिकारी) ले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार