नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण

२०७८ पुष २३ गते, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको जनाएको छ। पुस महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एस-जीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।
“यो नतिजा हेर्दा एस-जीन नेगेटिभ भएकाहरू सबैमा नै ओमिक्रोन हुनसक्ने देखायो। चार जनामा एक जनामा ओमिक्रोन छ भन्ने देखियो,” सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनले भने।
ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई “अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन” निर्देशन दिएको छ। मन्त्रालयले पुस महिनाका कति दिनमा पुष्टि भएका सङ्क्रमितबाट नमुना सङ्कलन गरिएको भन्ने खुलाएको छैन।
पुस १ गतेदेखि २२ गते बिहीवारसम्म नेपालमा पीसीआर विधिबाट १४,४६४ र एन्टीजन विधिबाट ५७२ गरी कुल १५,०३६ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ। तीमध्ये १,१४६ जनाको एस-जीन स्क्रीनिङ्क गरिएको हो जसमा २२ प्रतिशतमा ओमिक्रोनको सङ्केत देखिएकोमा त्यसको १० प्रतिशतभन्दा केही कमको जीन सीक्वेन्सीङ गरिएको देखिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई प्रमुख डा. पुनका भनाइमा उक्त जीन सिक्वेन्सीङको नतिजाले नेपालभित्र पनि समुदायमा ओमिक्रोन फैलिइसकेको हुनसक्ने सङ्केत गरेको छ।

“तर ओमिक्रोन लागेकामध्ये कति गम्भीर अवस्थामा छन् भन्ने विवरण खुलेको छैन,” डा. पुनले भने। “ओमिक्रोनको गम्भीरतालाई समेत हेरेर अब सरकारले त्यसलाई नियन्त्रण गर्ने योजना बनाउनु जरुरी हुन्छ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार