एसईई परीक्षा वैशाखमा

२०७८ पुष २५ गते, आईतवार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा गर्ने गरी तयारी भइरहेको छ । कोरोना महामारीका कारण दुई वर्षयता देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको थियो । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार