सात बिद्यार्थी संगठनद्वारा मेडिकल कलेजका बिद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता

२०७८ पुष २६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले काठमाडौँ विश्वविद्यालय अन्तर्गत संचालित नोवेल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरु प्रती संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेका छन । उनीहरुले नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु माथी कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरि गरिएको आक्रमणको घोर निन्दा र भत्सना गर्दै उक्त आक्रमणमा सम्लग्नहरुलाई र उनीहरु लाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न जोडदार मागसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्ती यस प्रकार रहेको छ – “आज मिति २०७८ पाँष २६ गते नोवेल मेडिकल कलैज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेज को MBBS,BDS र BNS का २०२१ ब्याचका विद्यार्थीहरु बाट गैरकानुनी र गुण्डागर्दी शैलीमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने अभिभावकहरुलाई धम्कि दिने लागाएतका विद्यार्थी र अभिभावकले भोगेका तमाम समस्याहरुका विषयमा देशमा क्रियाशिल सात विद्यार्थी सङ्गठनहरुको संयुक्त बैठक अनेरास्ववियुको केन्द्रीय कार्यलय नयाँ बानेश्वर बसि तपसिल बमोजिम निर्णय गरिएको छ।
१,विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध आफू अध्ययनरत कलेजमा स्वतस्फूर्त रुपमा गरिरहेको आन्दोलन प्रती सयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पुर्ण रुपमा ऐक्यबद्धता जाहेर गर्दछौं।
२. हिजो बिराटनगर स्थिति नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु माथी कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरि गरिएको आक्रमणको घोर निन्दा र भत्सना गर्दै उक्त आक्रमणमा सम्लग्नहरुलाई र उनीहरु लाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न जोडदार माग गर्दछौं।
३. पछिल्लो समय विभिन्न राजनैतिक पार्टीका नैताहरु सङ्ग शैक्षिक माफिया र मेडिकल माफियाहरुले व्यक्तिगत सम्बन्ध स्थपित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको प्रती संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता कार्यमा सम्लग्न रहेका राजनैतिक दलका नेताहरुको भन्डाफोर र खबरदारी समेत गर्दछौं।
४ काठमाडौँ विश्वविद्यालय अन्तर्गत संचालित नोवेल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरु प्रती संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यबद्धता जाहेर गर्ने ।
५. आन्दोलनरत विद्यार्थीहरु माथी भएको दमनका विरुद्द नेपाल सरकारका माननीय गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने साबै उपरोक्त समस्या समधानको निम्ती चिकीत्सा शिक्षा आयोग र काठमाडौं विशविद्यालयसग समेत छलफल गर्ने ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार