बालबालिकालाई कोरोना खोप दिइदै

२०७८ पुष २७ गते, मंगलवार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा आजदेखि १२ देखि १८ वर्षभन्दा मुनिको उमेरका बालबालिका तथा विद्यार्थीहरुलाई खोप दिन लागिएको बताएको छ । मन्त्रालयले सूचना जारी गर्दै आजदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो । यद्यपि तीनै जिल्लाका स्थानीय तह तथा वडाहरुमा भने बालबालिकाहरुलाई केही दिनअगाडिदेखि नै खोप दिन थालिएको छ । आजबाट भने सबै स्थानमा अनिवार्य खोप अभियान सुरु गरिन लागेको हो । विद्यार्थी तथा बालबालिकालाई उमेर खुल्ने कागजातको आधारमा तोकिएका खोप केन्द्रहरुबाट खोप दिइनेछ । उनीहरुलाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । तर खोप लगाउँदा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार