वडा अध्यक्ष केसिलाई कालोमोसो र जुत्ताको माला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर केसिलाई कालोमोसो सहित जुत्ताको माला लगाएर कारबाही गरेको छ। सो संगठनले भ्रष्ट वडा अध्यक्ष केसिलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारणसमेत उल्लेख गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटले वडा अध्यक्ष केसिमाथी कारवाही गर्नुको कारणमा जनविकास माध्यमिक बिद्यालय छेडा नगरपालिका वडा नं.६ को फिल्ड निर्माणबाट ९ लाख रुपैया हिनामिना गरेको , अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको , राधेदेखि बिराखोला सडक स्तरउन्नतिबाट ५ लाख रुपैयाँ हिनामिना गरेको , राधेदेखी गर्खदेखीसम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेकाको , कोभिड-१९ नियन्त्रण गर्न उपलब्ध भएको रकम रु.७८००० वडा सचिवको किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेको , बाहुन गाउदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख हिनामिना गरेकाको , स्वास्थ्य चौकिको सोलार खरिदमा सबै काम सम्पन्न भइसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको , थालिखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेको र सरकारले बिकास योजनामा दिएका प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको बताएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटले सार्वजनिक गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ” “त्याग समर्पण र बलिदानको रक्तरन्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित लाखौं विद्यार्थीहरुको प्रिय संगठन अखिल (क्रान्तिकारी) निरन्तर रुपमा शैक्षिक क्षेत्रमा भएको दलालीकरण,माफियकरण, भ्रष्टीकरण,ब्यापारिकरण र बिभेदपुर्ण शिक्षाका विरुद्ध संघर्ष गर्दै आइरहेको छ। राष्ट्रिय स्वाधीनताको रक्षा जनजिबिकाको ग्यारेन्टी,ब्यबहारिक,बिज्ञान र प्रबिधिमैत्री तथा समान शिक्षा प्राप्तिका लागि निरन्तर हाम्रो संगठन यो देशका लाखौ युवा विद्यार्थीहरुको अधिकार एबम रक्षाका लागि मुक्तिगामी आन्दोलनमा संगठनले अग्रमोर्चामा रहि बलिदानपुर्ण योग्दान गर्दै आइरहेको कुरा आम नेपाली जनमासमा जगजाहेर नै छ।
यसै सन्दर्भमा छेडागाड नगरपालिका वडा न.६ का वडा अध्यक्ष रामबहादुर केसीलाई कार्बाही किन?
१)जनबिकास मा.बि छेडा नगरपालिका वडा न.६ को फिल्ड निर्माणबाट ९ लाख रुपियाँ हिनामिना गरेको कारणले गर्दा।
२)अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको कारणले गर्दा।
३)राधेदेखी बिराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपियाँ हिनामिना गरेको कारणले गर्दा।
४)राधेदेखि गर्खदेखीसम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेको कारणले गर्दा।
५)कोभिड 19 लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८,०००।-रुपियाँ वडा सचिबको किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेको कारणले गर्दा।
६)बाहुन गाउँ देखि अफ्गान खानेपानी योजनाबाट २५ लाख रुपियाँ हिनामिना गरेको कारणले गर्दा।
७)स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भैसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको कारणले गर्दा।
८)थालीखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपियाँ हिनामिना गरेको कारणले गर्दा।
९)सरकारले बिकास योजनामा दिइएका प्राप्त बजेटलाइ काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको कारणले गर्दा।
नोटःहाम्रो पार्टी र विद्यार्थी संगठन निरन्तर बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षा प्राप्तिको यात्रामा अबिचलित रूपमा अगाडि बढी रहेको छ।यसै सन्दर्भ देशमा भैरहेको ब्याप्त लुटतन्त्र,दलाल ,भ्रस्ट,तस्कर,सामाजिक बिकृती बिसंगती, अन्याय, अत्याचार र लुटेरा ब्यवस्थाका विरुद्ध संघर्ष गर्दै आम जनताको मुक्ति र अधिकार सहित एक दिन यो संसारको सबैभन्दा उत्कृष्ट ब्यबस्था जनताको सुन्दर ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गरिछाडने छ। “