पछिल्लो २४ घण्टामा १०,७०३कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । २३ हजार ९२ नमुना (१८६१८ पीसीआर र ४४७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोहि अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म सक्रिय संक्रमितको संख्या ६५३७४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा आज ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना संक्रमित थपिएका छन् । हालसम्म ८१ लाख भन्दा बढी निको भएका छन् भने ११ हजार ६३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।