काठमाण्डौँ र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह

२०७८ माघ ८ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले  विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरुको सहज पठनपाठनको वाताबरण नबने सम्म काठमाण्डौँ मेडिकल कलेज र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह गरेका छन ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका   अध्यक्ष सुदेश पराजुली , समाजवादी बिधार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ , अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले  शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन् । उनीहरुले सवै बिद्यार्थीहरुले सहज रुपमा अध्ययन गर्ने वातावरण निमार्ण गर्न गृह मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, काठमाण्डौँ विश्वविद्यालय, सम्बन्धित कलेज र स्थानिय प्रशासनलाई सयुक्त वक्तव्य मार्फत जोडदार माग गर्दै अन्यथा आन्दोलनले नै सवै विषयहरुको छिनोफानो गर्ने गम्भिर चेतवानी समेत दिएका छन  ।

 यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका   अध्यक्ष सुदेश पराजुली , समाजवादी बिधार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ , अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले  जारी गरेको संयुक्त बिज्ञप्ती यस प्रकार रहेको छ – ” “नेपाली विद्यार्थी आन्दोलनको मुल प्रबाह सयुक्त विद्यार्थी आन्दोलन विगत लामो समयदेखि काठमाण्डौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजको  MBBS, BDS र BNSका २०२१ व्याचका बिद्यार्थीहरुबाट गैह्कानुनी र गुण्डागर्दी शैलिमा कलेज प्रशासनले बिभिन्न बहानामा अतिरिक्त शुल्क मागेको, विद्यार्थी एव अविभावकहरुलाई धम्की दिएको र चर्को मुल्यमा नियम विपरित छात्रावासलाई अनिवार्य बनाई विद्यार्थी र अविभावकहरुलाई लुट्ने षड्यन्त्रको विरुद्धमा निरन्तर सघरषंमा छ ।

काठमाण्डौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजको  MBBS, BDS र BNSका२०२१ ब्याचका विद्यार्थीहरु कलेज प्रशासनको धम्की र अबैध करारनामाका कारण असुरक्षित र भयवबित भई गृह मन्त्रालयमा जीवन रक्षा, कलेजले गरेको ठगी र चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनको कार्यान्वयनको माग राख्न गएको प्रति सयुक्त विद्यार्थी संगठनहरुको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरुको सहज पठनपाठनको वाताबरण नबने सम्म काठमाण्डौँ

मेडिकल कलेज र नोवेल मेडिकल कलेजको भरनां प्रकृया र पठनपाठन स्थगन गरि सवै बिद्यार्थीहरुले सहज रुपमा अध्ययन गर्ने वातावरण निमार्ण गर्न गृह मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, काठमाण्डौँ विश्वविद्यालय, सम्बन्धित कलेज र स्थानिय प्रशासनलाई यसै सयुक्त वक्तव्य मार्फत जोडदार माग गर्दछौँ । अन्यथा आन्दोलनले नै सवै विषयहरुको छिनोफानो गर्ने गम्भिर चेतवानी दिन चाहन्छौँ ।”

प्रतिक्रियाहरु

[anycomment]