पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण

२०७८ माघ ११ गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २५ हजार ९०९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६० लाख ९० हजार ८५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार