पछिल्लो २४ घण्टामा ८,४५४ जना कोरोना संक्रमित थपिए

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ८ हजार ४५४ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार