मापदण्ड विपरित संचालित स्वर्गद्वारी हस्पिटल बन्द गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्यूठानले मापदण्ड विपरित संचालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.लाई वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न आग्रह गरेकाे छ। नेकपा प्युठानका सेक्रेटरी अजयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सन्चालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.मिति २०७४/०३/०१ गते देखि मापदण्ड विपरित सन्चालन भएकोले बन्द गर्न आग्रह गरेका हुन् ।
सेक्रेटरी अजयद्वारा जारी विज्ञप्तिमा भनिएको छ “- प्यूठान जिल्लाकाे प्यूठान नगरपालिका वडा नं. ८ धर्मावती वाग्दुलामा रहेकाे स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि. मिति २०७४/०३/०१ गते देखि नविकरण नभइ चलिरहेकाे ( सेवा प्रवाह गरिरहेकाे ) ले निजकाे वैधानिकता माथि सेवाग्राही बाट व्यापक रुपमा जनगुनासाे अाइरहेकाेले हाम्राे पार्टीले सम्बन्धित निकायमा बुझ्दा मापदण्ड अनुरुप नभएकोले वैधानिक हुन नसकेकाे प्रष्ट भएको छ । मानव स्वास्थ्य जस्ताे समवेदनशिल विषयमा गम्भीर रुपमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दा पनि त्याे सम्बन्धि कुनै कार्वाही प्रक्रिया अगाडि नबढाइएकाेले यहि विज्ञप्ति मार्फत हस्पिटल सन्चालक लाई सम्पुर्ण काम कार्वाही राेकि वैधानिक नहुदासम्म काे लागि बन्द गर्न आग्रह गर्दछौं । अन्यथा जनस्तरबाट हुने संघर्षको परिणाम स्वयं पक्षले व्यहाेर्ने कुराकाे जानकारी गराउदछाैं । ” त्यस्तै विज्ञप्तिमा पार्टीले यस्ता प्रकृतिका भ्रष्टाचार , अनियमितता का विरुद्ध सामाजिक बहिस्कार र जनकारबाही सशक्त ढंगले अगाडि बढाएकाेले भ्रष्टाचार विरुद्धको अभियानलाई सहयोग र समर्थन गर्न पनि बुद्धिजीवी , पत्रकार , समाजसेवी , मानवअधिकारकर्मी , कानुन व्यवसायी सबैलाई अनुराेध गरेकाे छ।
उता स्वर्गद्वारी लाइफ केयर हस्पिटल वाग्दुलाका व्यवस्थापनकाे क्षेत्र सम्हालिरहेका व्यवस्थापक वसन्त जि. सि. ले भने हस्पिटल काे सम्पूर्ण डकुमेन्ट प्रदेशमा पेस गरेकाले छिट्टै मापदण्ड अनुसार स्वीकृति प्राप्त हुने र त्यतिन्जेल सम्म पनि हस्पिटल सन्चालन गरिरहने जानकारी दिएका छन् ।
स्वर्गद्वारी लाइफ केयर हस्पिटल विगत करिब १० वर्ष देखि सन्चालन भएको र प्रत्येक महिना हस्पिटलकाे प्रतिवेदन पेस हुने र प्रतिवेदन र मापदण्डकाे आधारमा प्रत्येक वर्ष स्वीकृति प्राप्त गर्नुपर्ने भए पनि हाल ४ वर्ष ( २०७४/०३/०१ ) देखि हालसम्म स्वीकृति विना सन्चालन भइरहेकाे छ । यसले जनस्वास्थ्य जस्तो समवेदनशील विषयमा हस्पिटल सन्चालक गम्भीर नभएको देखिएको छ भने स्थानीय प्रशासन माैन छ।
