स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

२०७८ माघ १८ गते, मंगलवार


काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी गरेको छ । उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिना गरेको आरोप लगाइएको हो । सो संगठनले संख्यामन्त्री खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको जानकारी दिएको छ । मंगलबार बिहान युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् । खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न उजुरीमा माग गरिएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले सबै नागरिकलाई निः शुल्क खोप अभियान सुरु गरेको थियो । तर अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले आरोप लगाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार