आज विश्व क्यान्सर दिवस

काठमाडौं । आज फेबु्रअरी ४ अर्थात विश्व क्यान्सर दिवस । नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्ष ‘उपचारको खाडल बन्द गराऔं’ भन्ने नारासहित यो दिवस मनाईदै छ । नसर्ने रोगहरु मध्ये क्यान्सरका कारण नेपालमा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर देखिने गरेको चिकित्सकहरु बताउँछन् । नेपालमा प्रत्येक वर्ष क्यान्सरवाट १३ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । समयमा नै पहिचान हुन सक्ने हो भने पूर्ण रुपमा निको हुने क्यान्सर धुम्रपान, मद्यपानका कारण सबै भन्दा बढी देखिने गरेको छ । नेपालमा हाल ४० बर्ष माथि उमेर समूह देखि नै क्यान्सर रोग नै देखिने चिकित्सकहरु बताउँछन् । तर नेपालमा हाल कति क्यान्सररोगी छन् भने एकिन तथ्याक नभए पनि अबूर्द रोग निवारण संस्थाले झन्डै ६० हजार क्यान्सर रोगी रहेको जनाएको छ ।
५ वर्ष यता भने ४३ हजार व्यक्तिले पूर्ण रुपमा क्यान्सर रोग जितेको बताइन्छ । कोरोना संक्रमणका कारण २ बर्ष भने विरामीको संख्यामा केही कमी आएको देखिएता पनि क्यान्सररोगीको संख्या बढ्ने क्रममा रहेको छ ।