‘आन्दोलनरत विद्यार्थीलाई धम्काउने मेडिकल कलेजको सम्वन्धन खारेज गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई धम्काउने मेडिकल कलेजहरूको सम्वन्धन खारेज गर्न माग गरेका छन । आठ विद्यार्थी संगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । ति संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई मेडिकल कलेजहरू विभिन्न बहानामा धम्काउने र परिक्षामा फेल गरिदिने जस्ता कुराहरु गरेकाले त्यस्ता कलेजहरूको सम्वन्धन खारेजीको प्रक्रिया अघि बढाउँन र आन्दोलनरत विद्यार्थीहरूलाई स्थानान्तरणको प्रक्रियाबाट अन्य कलेजमा पढ्ने वातावरण बनाउन माग गर्दै अन्यथा सयुक्त विद्यार्थी आन्दोलन आफ्ना संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली , समाजवादी बिधार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ , अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको संयुक्त बिज्ञप्ती यस प्रकार रहेको छ – “राष्ट्रियता, जनजीविका र नेपाली विद्यार्थीहरूको साझा मुद्दामा क्रियाशिल सयुक्त विद्यार्थी संगठन, आज लाखौ युवा विद्यार्थीहरूको शैक्षिक सवालमा आन्दोलित छ । मुलुकको मेडिकल कलेजहरूले बिगत लामो समयदेखि चिकित्सा शिक्षाक्षे्रका विद्यार्थीहरू माथि विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको र विद्यार्थीहरू आन्दोलित भएको यहांहरू सबैलाई अवगत नै छ । चिकित्सा शिक्षा आयोगले तोकेको मापवण्ड विपरीत काठमाडौं विरश्वावद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौ मेडिकल कलेज सिनामङ्गगल र नोवेल मेडिकल कलेज मोरडले २०७८ को भर्नामा 11335. का विद्यार्थीहरू बाट आतिरिक्त शुल्क बापत करिब ५ लाख भन्दा बढी लिएको पाईएको र ऐष्छ्िक हुनुपर्ने छात्रावास अतिवार्य गरी चर्को शुल्क लिएर भर्ना हुन दबाव दिने विषयका कारण काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरडका विद्यार्थीहरूको आन्दोलनमा एम्यवद्धता जनाउँदै देशको प्रमुख विद्यार्थी संगठनहरूले पति विद्यार्थीको जायज आवाजलाई सशक्त बनाए पश्चात शिक्षा मन्त्रालय, गृहमन्त्रालय र काठमाडौ विश्ववद्यालयसँग पटक पटक छनफल र वात्ताहरू भए। तर छलफल वार्ताहरूबाट भएको सहमतिहरूको कार्यान्वयन नभएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसले विद्यार्थी आन्दोलनलाई थप आक्रोशित बनाएको छ।
माननीय शिक्षा मन्त्री ज्युको उपस्थितिमा भएका सहरमतिहरू तत्याउने, विश्वविद्यालयको निर्देशनको अबज्ञा गर्ने लगायतको चरम नैति्काहन गैरकानुनी कदमलाई मेडिकल माफिया र कलेजहरूले जारी नै राखेको पाइएकोले मुलुकमा दण्डहिनताले प्रसय पाएको मात्रै होईन कानुनी राज्यको समेत धज्जी उडाइएको छ। सरकारको निर्देशन समेत ठाडो उलंघन गर्ने ठाउँमा पुग्नु भनेको अति नै गम्भीर र लज्जाको विषय भएको छ। यो अराजकताको पराकाष्ठालाई तत्काल नियन्त्रण नगर्ने हो भने राज्यको उपस्थिति अधौहिन हुनेछ,त्यसैले हामी गम्भीरता पुर्वक सरकार र सम्बधित निकायलाई आग्रह गर्न चाहन्छौ, सरकार, चिकित्सा शिक्षा आयोग र विश्ववद्यालयले आफ्नो जिम्मेवारी प्रा गरोस्। सबै मेडिकलका विद्यार्थीहरूले सहज बातावरणमा पढ्न पाउनु पर्दछ । आन्दोलनरत विद्यार्थीहरूलाई मेडिकल कलेजहरू विभिन्न बहानामा धम्काउने र परिक्षामा फेल गरिदिने जस्ता क्राहरू गरेकाले त्यस्ता कलेजहरूको सम्वन्धन खारेजीको प्रक्रिया अघि बढाइयोस र आन्दोलनरत विद्यार्थीहरूलाई स्थानान्तरणको प्रक्रिया बाट अन्य कलेजमा पढ्ने वातावरण बनाउन जोडदार माग गर्दछौँ, अन्यथा सयुक्त विद्यार्थी आन्दोलन आफ्ना संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि यसै विज्ञप्त मार्फत जानकारी गराउन चाहन्छौ ।”
