एसईई वैशाख ९ गतेदेखि

२०७८ माघ २६ गते, बुधबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’ बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार