एसईईको परीक्षा तालिका सार्वजनिक

२०७८ माघ २७ गते, बिहीबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी ९ वैशाखबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा तालिका अनुसार आगामी ९ वैशाखमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपाली विषयको परीक्षा लिइनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जानकारी दिएको छ ।
कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार