मादक पदार्थ पिएर आतंक मच्चाउने क्याम्पस प्रमुख निलम्बित

२०७८ माघ २८ गते, शुक्रबार


काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले मादक पदार्थ पिएर आतंक मच्चाउने तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटका प्रमुख लक्ष्मण सिंहलाई निलम्बन गरेको छ । सो विश्वविद्यालयले मादक पदार्थ सेवन गरी लेखापाल, प्राध्यापक र श्रीमतीलाई समेत कुटपिट गर्ने क्याम्पस प्रमुख सिंहलाई बुधबार निलम्बन गरिएको जनाएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति डा. नन्दबहादुर सिहंले आफ्नो मर्यादामा नबस्ने क्याम्पस प्रमुख सिंहलाई निलम्बन गरी छानबिन अगाडि बढाएको बताउदै सहायक क्याम्पस प्रमुख रुद्र सापकोटालाई निमित्त प्रमुख बनाइएको बताए ।
घटनाको छानबिनका लागि तीन सदस्यीय समिति बनाएर क्याम्पस पठाइसकिएको छ । समितिको नेतृत्व विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन प्रा.डा. दीपबहादुर रावलले गरेका छन । समितिले कालीकोट पुगेर सुरक्षा निकाय, पत्रकार, प्राध्यापक र अन्य सरोकारवालासँग भेटेर प्रतिवेदन बुझाउने छ । समितिको प्रतिवेदन आएपछि अगाडि बढिने उपकुुलपति सिंहले बताए । क्याम्पस प्रमुख सिंहले आफ्नी श्रीमतीमाथि घरेलु हिंसा गर्नुका साथै क्याम्पसका लेखापाल पदमबहादुर विष्ट, प्राध्यापक, वडा नम्बर ३ का वडाध्यक्ष र अन्य स्थानीय अभिभावकलाई समेत हातपात गर्दै गाली बेइज्जती गरी ज्यान मार्ने धम्कीसमेत दिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार