‘जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ’

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले पनि ६ महिना पछि बुस्टरका रूपमा सोही खोप लगाउन मिल्ने जनाएको छ । यदि सो खोप नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले जनाएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने प्रस्ट्याएको हो । १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार