विद्यार्थीलाई मानसिक यातना दिने शक्ति मा.वि.का प्र.अ.लाई सच्चिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का गोर्खाले गोरखा जिल्लाको गो.न.पा. अर्न्तगत वडा नं ६ मा अवस्थित शक्ति मा.वि को प्र.अ. बद्रि अर्याल समान निःशुल्क, व्यवहारिक, बैज्ञानिक शिक्षाको मागसहित महँगी, कालोवजारी, राष्ट्रघाती एमसिसिलगायत असमान सन्धि सम्झौताको विरुद्ध देशभक्त शक्तिहरुको आन्दोलनमा सहभागी भएका विद्यार्थीहरुलाई मानसिक यातना दिएको भन्दै आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा गोर्खा अध्यक्ष गगन परियारले एक बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्।
। अध्यक्ष परियारले कथित संविधानले व्यवस्था गरेको भाग-३ को मौलिका हक अर्न्तगत घारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रताको हकलाई पनि कृल्चदैं विद्यार्थीहरु माथि प्रतिक्रियावादी बद्रि अर्यालले फासिस्ट र निरङ्कुश व्यवहार देखाएकोले उनलाई देश र जनताको निम्ति विद्यार्थीहरुको न्याय पूर्ण आवाजलाई फासिस्ट र निरङ्कृश व्यवहारद्वारा दमन गर्ने दुसुशाहस नगर्न अनुरोध गर्दै सच्चिन् आग्रह गरेका छन । साथै उनले नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनरुपको शैक्षिक अधिकार स्थापित गरियोस भनि सहित पेश गरिएको ११ बुदै विद्यार्थीहरुको माग तत्काल कार्यान्वयन गर्नसमेत अनुरोध गरेका छन ।
