अखिल (क्रान्तिकारी) विशेष जिल्लाद्वारा MCC विरुद्ध विद्यार्थी जागरण तिब्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) विशेष जिल्लाले राष्ट्रघाती MCC सम्झौता विरुद्ध विद्यार्थी जागरण कार्यक्रमलाई तिब्रता दिएकोछ । सम्पुर्ण नेपाली जनता MCC को विरुद्ध रहदारहदै नेपालका संसदीय व्यवस्थाका केही राष्ट्रघाती दलाल पार्टीहरुको उच्च नेतृत्व अमेरिकाको उच्च दबाब, प्रभाव, डर, धम्की र लोपमा परेर सुरक्षा संयन्त्रको व्यापक दुरुपयोग गर्दै देशभक्त जनता माथी दमन गरि हजारौं जनतालाई घाइते, अपांग बनाएर फागुन १५ गते इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघात गरेको भन्दै आफ्नो देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमसत्ता बचाउन विभिन्न कलेज क्याम्पसहरुबाट राष्ट्रघातका विरुद्ध जुट्दै आन्दोलन गर्न अपिल गरिएकोछ । जिल्लाका विभिन्न कलेज र क्याम्पसमा संचालन गरिएको विद्यार्थी जागरण कार्यक्रम आज गोटिखेलको महाङ्काल क्याम्पसमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा बोल्दै विशेष जिल्ला इन्चार्ज दयाराम लुवारले हाम्रो राष्ट्र बचाउन सबै देशभक्त विद्यार्थी, युवा नौजवान, महिला, बृद्ध र बालकहरुले एक पटक राष्ट्रघाती MCC सम्झौता विरुद्ध आ- आफ्नो ठाउबाट सडक संघर्स र आन्दोलन गर्नुपर्ने बताए । यो देश कुनै राष्ट्रघाती दलाल नेताहरुको पैसामा बेच्ने पेवा होइन यो त वीर पुर्खाहरुको गौरवपुर्ण इतिहास, तीन करोड नेपाली जनता र भबिस्यका सन्ततिहरुको उज्ज्वल भबिस्य हो । MCC ले नेपाललाइ आफ्नो पुर्ण नियन्त्रणमा लिनका लागि केही समय बिकास गरेजस्तो गरि जनतालाइ भ्रमित पार्ने रणनीति रहेको र पछि नेपालको प्रशासन, सुरक्षा निकाय र सिङ्गो संयन्त्रलाई आफ्नो कब्जामा पारी नेपाली जनता माथी शासन गरेर हाम्रै भौतिक श्रोतसाधन र मानवीय पुजिको प्रयोग गरि छिमेकिका विरुद्ध प्रयोग गर्ने नीति रहेको समेत बताए । जसका कारण नेपालले ठूलो बिपत्तिको सामना गर्नुपर्ने भएकाले समयमै देशभक्त जनताहरु सजक रहदै MCC लाई सहयो गर्ने संसदवादी राजनितीक पार्टी र MCC प्रोजेक्टलाई ठाउँ ठाउँबाट लखेट्न अनुरोध गरेकाछन । MCC परियोजनालाई सिङ्गो नेपाली जनताले ठाडै अस्विकार गरेको र केही दलाल नेताहरूले अमेरिकी धम्की र लोपमा परेर संसदबाट पारित गरेकाले नेपाली जनताले लागू गर्न नदिने र MCC लाई नेपाल कम्युनिस्ट पार्टीले देशभक्त जनतालाइ साथमा लिएर जस्तोसुकै परिस्थितिमा खारेज गरेर देखाउने बताए साथै शैक्षिक बुद्धिजीवीको राष्ट्रियताको रक्षा गर्ने सवालमा ठूलो भुमिका रहने भएकाले यतिबेला राष्ट्रियताको पक्षमा समाजमा सत्य कुरा भन्न र बिद्यार्थीलाई सिकाउन र जागरुप बनाउन समेत अनुरोध गरेकाछन ।
