अखिल क्रान्तिकारीद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

२०७८ चैत्र ८ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित विरोध प्रदर्शन गरेको छ । पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु भएको छात्राहरुको विरोध र्याली पृथ्वीनारायण क्याम्पस अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभाग प्रमुख कमला परियारले विद्यालयमा नै छात्राहरू असुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताइन् ।
यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताइन् । उनले सरकारले यस्ता घटनाको तुरुन्त कारबाही नगरे छात्राहरुको आन्दोलनको तागतले त्यस्ता शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिइन् ।

साथै परियारले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास मा.वि. का शिक्षक मनोज पौडेलमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्दै विद्यालयमा छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।
कोणसभाको संचालन अखिल (क्रान्तिकारी) अमरसिंह मा.वि. मुल इकाई कमिटीका सह इन्चार्ज अङ्किता वाग्लेले गरेकी थिइन् ।
मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो । झडपमा केही स्थानीय, विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार