अखिल (क्रान्तिकारी) नवलपरासी छात्रा विभागद्वारा जिप्रकामा ज्ञापन पत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) नवलपरासी, छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । छात्राहरु माथी हुने यौन हिसां तथा सबै प्रकारका अपराधिक घटनाहरु विरुद्ध र अपराधीहरुलाई कारबाहीको माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो । नवलपरासी छात्रा विभाग प्रमुख करिना मरासिनीको हस्ताक्षरमा संगठनका केन्द्रीय सदस्य साया किरणले बुझाएको विज्ञप्तिमा भनिएको छ “अपराधीलाई कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृति बढिरहेको छ । पीडितलाई न्यायको प्रत्याभूती हुन सकिरहेको छैन ।”
निर्मला पन्त देखि सम्झना कामी, गुलाब खातुन, भागिरथी भट्ट र अहिलेसम्म बलात्कारपछि हत्या भएका छात्राहरुको हत्यारालाइ कारबाही हुन सकिरहेको छैन ।मोरङको लेटाङको घटना, नेचा सल्यानको घटना र सम्पुर्ण शैक्षिक संस्थाहरु भित्र हुने यस्ता आपराधिक घटनाहरुले नेपाली समाजमा छात्राहरुको अवस्था चित्रण गर्दछ । चितवनको सोमेश्वर माध्यमिक विधालयमा भएको घटनामा अपराधीकै पक्षपोषण गरेर नेपाल शिक्षक संघले निकालेको विज्ञप्तिप्रती घोर आपत्ति जनाउँदै कारबाहीको माग समेत गरिएको छ ।
साथै अबका दिनमा कुनै पनि छात्राहरुमाथी यौन हिसां नहोस्, छात्राहरुको लागि आत्मा सुरक्षा तालिम प्रदान गरिनु पर्ने र अपराधीलाई कारबाही गर्दै छात्राहरुको सुरक्षाको विषयमा राज्यको ध्यान पुगोस् भन्ने अनुरोध समेत छात्रा विभागले गरेको छ ।