महिला तथा छात्राहरुको आत्मसुरक्षाको कार्यक्रम जरुरी

काठमाडौँ । अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने वक्ताहरुले क्याम्पस स्कुलहरुमा महिला तथा छात्राहरुको आत्मसुरक्षाको कार्यक्रम जरुरी रहेको र सार्वजनिक तथा क्याम्पस स्कुल कलेजमा काउन्सिल, ब्यानर फलेक्स राख्नुपर्ने आवश्यकता औल्याएका छन् । अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकाे आयोजनामा `नेपालमा बढ्दो महिला /छात्रा हिंसा र यसको समाधान´ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो आवश्यकता औल्याएका हुन्। उनीहरुले ५१ प्रतिशत महिला भएको देशमा अहिले ३३ प्रतिशत महिला सहभागिता मात्र रहेको भन्दै राज्यका हरेक निकायमा महिला ५० प्रतिशत सहभागिता पाउनुपर्ने समेत माग गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमकाे अध्यक्षता तथा अवधारणापत्र प्रस्तुत अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकी प्रमुख तारा सन्ज्यालले गरेकी थिइन् । कार्यक्रममा अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक, संगठनका केन्द्रीय महासचिव मिलन राई, मानव अधिकार आयोगका रेगम महर्जन, पद्मकन्या क्याम्पस प्रमुख धनप्रसाद पण्डीत, पद्मकन्या क्याम्पस सहायक क्याम्पस प्रमुख प्रमिला लाखे लगायतले मन्तव्य राखेका थिए ।
यता, अखिल (क्रान्तिकारी) छात्रा विभाग, लुम्विनी प्रदेशले छात्रामाथि हुने यौनहिंसा र यसको अन्त्यबारे बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपाका बुटवल नगर सेक्रेटरी बिरेन्द्र बिकले महिलामाथि मानसिक, शारीरिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा हिंसा भएको बताए । उनले पुँजीवादले सुन्दरताको नाममा महिलालाई साधनको रूपमा प्रयोग गरेको बताउँदै यस्ता हिंसात्मक घटनाको अन्त्य अहिलेको राज्यसत्ताबाट सम्भव नभएकोले महिलाहरूले हिंसा अन्त्यका लागि यस्ता खालका घटनाहरूलाई साझा बिषय बनाएर लाग्नुपर्र्नेे बताए । यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष रूपा बुढामगरले केही समय अगाडि मोरङ, चितवन र सल्यानमा छात्रामाथि भएको यौंनजन्य हिंसाको घोर भत्र्सना गर्दै राज्यव्यवस्थाका हिंसा भोगिरहन परेको भन्दै व्यवस्था परिर्वतनका लागि सचेत युवा विद्यार्थीहरू लाग्नुपर्ने बताइन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालका केन्द्रीय उप–महासचिव सरिता श्रीस मगरले पुँजीवादले महिलालाई बस्तुको रूपमा चित्रण गरिदिएको र महिला पुरुषका व्यक्तिगत सम्पत्ति बनाएको बताइन् । उनले महिलालाई महिला कै आवरणमा हिंसा गर्ने पितृसत्ताका मतियार हुन सक्ने भन्दै यसमा सचेत र सङ्घर्ष गर्नुपर्ने बताइन् । यस्तै अधिवक्ता तथा मानव अधिकारकर्मी, राष्ट्रिय स्वाधीनताको लागि नागरिक मञ्चका संयोजक पदम कार्कीले महिलाहरूले आफूमाथि भएको हिंसा व्यक्त गर्न नसक्नु भनेको पनि हिंसा भएको बताए । उनले नावालिका, असक्त महिला, बृद्ध महिलामाथि हुने यौनजन्य अपराधको फासी बाहेक सबै सजाय हुने बताए । उनले अब विद्यालयमा शिक्षक चयन गर्दा शैक्षिक योग्यता मात्र नभएर उसको मनोदशामा पनि ख्याल गर्नुपर्ने बताए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष पारस राहादी मगरले छात्राहरूमाथि हुने यौनहिंसा र यसको अन्त्यबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य साया सापकोटाको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) छात्रा विभाग लुम्विनी प्रदेश प्रमुख अमृता घर्तीले गरेकी थिइन् ।