अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा तालाबन्दी

२०७८ चैत्र १९ गते, शनिबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले आफूहरूका माग पूरा नभएको भन्दै सुखडस्थित दशरथ माध्यमिक विद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । क्रान्तिकारीले चैत्र १७ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न पर्ने, सपिङ कम्प्लेक्सको भाडा ठेक्का वापतको तीन वर्ष देखिको रकम उठाई विद्यालयको खातामा दाखिला गर्नुपर्ने, २ बर्षदेखि शिक्षक कर्मचारीहरूको सञ्चय कोषको रकम तत्काल दाखिला गर्नुपर्ने, विद्यालय सम्बन्धी महत्वपूर्ण निर्माण तथा अन्य निर्णयहरू कोठे बैठकबाट हुने गरेकोले यस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरू बन्द गर्नुपर्ने, कर्मचारी नियुक्ति जस्तो गम्भीर बिषयमा एकरुपता र पारदर्शिता हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने, विद्यालयमा छात्राहरूमाथि हुने विभेद र दर्व्यवहार बन्द गर्नुपर्ने लगायतका मागहरू राख्दै विद्यालय प्रशासनलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।
आफूहरूका मागहरूलाई विद्यालय प्रशासनले बेवास्था गरिएपछि पहिलो चरणको सङ्घर्षको कार्यक्रम अन्तर्गत विद्यालयमा तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष महेश पातलीले बताए । – प्रकाश थापा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार