टाइफाइडविरुद्धको खोप अभियान सुरू

२०७८ चैत्र २४ गते, बिहीबार

काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गरेका छन । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ ।
नेपालमा टाइफाइड विरुद्धको खोप अभियान पहिलो पटक दिन लागिएको हो । खोप अभियानमा झण्डै ७५ लाख बालबालिका समेट्ने लक्ष्य राखिएको छ । वडा स्तरमा रहेका खोप केन्द्रहरुबाट बालबालिकालाई खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार