प्राध्यापक धर्म थापाको निधन : बुद्धिजिबी संगठनद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनले केन्द्रीय सदस्य तथा प्राध्यापक धर्म थापाको असामयिक निधनले मर्माहत बनाएको भन्दै दुःखद अवस्थाम उहाँका परिवारजनलगायत वौद्धिक समुदायमा समवेदनासहित दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका संयोजक व्यापक नेपालीले एक बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
यस बिषयमा नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनका संयोजक व्यापक नेपालीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “यस संगठनका केन्द्रीय सदस्य तथा प्राध्यापक धर्म थापाको मिति २०७९÷०२÷०८मा भएको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ । यो दुःखद अवस्थाम उहाँका परिवारजनलगायत वौद्धिक समुदायमा समवेदनासहित दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । चितवन निवासी थापाले आफ्नो जीवनभर श्रमजीवीवर्गको राजनीतिकहक अधिकारको लागि विभिन्न मोर्चाबाट गर्नुभएको अमूल्य योगदानको स्मरण गर्दै उहाँले उठान गर्नुभएका संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’