कक्षा १२को परीक्षा जेठ १६ गते बिहान ८ बजेदेखि

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ ।यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।