गेटा मेडिकल कलेज तत्काल सुचारु गर

२०७९ जेष्ठ १४ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले गेटा मेडिकल कलेज तत्काल सुचारु गर्न माग गरेको छ । नेकपा कैलालीका इन्चार्ज तथा केन्द्रीय सदस्य ओम प्रकाश पुन र सचिब गणेश ढकालले एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। उनीहरुद्वा जारी बिज्ञप्तिमा सरकार र सरकार वरिपरिका राजनीतिक शक्तिको गलत मनसायका कारण गेटा मेडिकल कलेजलाई तत्काल बजेटको व्यवस्थापन गरि सञ्चालन गर्नुको सट्टा कथित ठाउँ सारिएको षड्यन्त्र भैरहेको सुन्नमा आएको बताउदै भनिएको छ – ‘ यसको बिरुद्धमा अहिले सचेत नागरिक समाजलै संघर्षका कार्यक्रम अगाडि बढाएका छन्‌ र यसमा हाम्री पार्टीको पुर्ण एक्यवद्धता रहेको छ । करौडौँका संरचना निर्माण भैसकेको अवस्थामा सरकारलै यस्तो गलत राजनीतिक निर्णय गर्नु गलत र भर्तृसना योग्य कार्य हौ । यसको हाम्रो पार्टी घोर बिरौध गर्दछ र यसलाई सच्याउन आहवान गर्दछ । साधै अहिलेको बजेटमा मेडिकल सञ्चालनको लागि आवश्यक कार्यविधि सहितको बजेट व्यवस्थापन गरि काम प्रारम्म गर्न माग गर्दछ । यदि यो कुरालाई बेवास्ता गरि गेटा मेडिकल कलैज बन्न नदिने षड्यन्त्र भएमा हाम्रो पार्टी जनताको साथमा रहेर आन्दोलनमा जाने कुराको जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउदछ। ‘

प्रतिक्रियाहरु

[anycomment]