अखिल (क्रान्तिकारी) द्वारा बिद्यालय भवन निर्माणका लागि आर्थिक सहयोगका साथै श्रमदान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले मकवानपुरको च्यात्रा गाउँमा बिद्यालय भवन निर्माणका लागि आर्थिक सहयोगका साथै श्रमदान समेत गरेको छ। अखिल (क्रान्तिकारी) ले मकवानपुरको बिकटको च्यात्रा तामाङ गाउँ जहाँका ६० जना बालबालिकाहरुले विद्यालयको अनुहार देखेका छैनन् त्यहि बस्तीमा संगठनले आधारभूत बिद्यालयको निर्माण कार्यलाई अगाडि बढाएको छ र थप ब्यबस्थित बनाउन ब्यबस्थापन समिति मार्फत रु १,०००००(एक लाख) हस्तान्तरण गरिएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले उक्त आर्थिक हस्तान्तरण गरेको बताइएको छ।

