अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको अध्यक्षमा प्रजिना दर्नाल

काठमाडौं । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बबिता बिष्ट, सचिवमा प्रिमिता बानिया, सहसचिवमा कल्पना रावल र कोषाध्यक्षमा रिद्दी मिश्रा रहेका छन ।

उक्त सम्मेलन अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाहीको प्रमुख अतिथ्यता, उपाध्यक्ष नरेन्द्र विश्वकर्मा, युवा संगठन नेपाल महासचिव विदुशी लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
