अखिल (क्रान्तिकारी)द्वारा महाकाली अस्पताललाई ज्ञापनपत्र

२०७९ जेष्ठ २६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । साथै सो संगठनले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूलसमेत वितरण गरेको छ । अस्पताललाई सुलभ, सहज र बिरामी मैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने ,अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने , थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनु पर्ने लगायतका मागहरु संगठनको रहेको अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए ।
संगठनका मागहरु यस्ता छन :
१) स्वास्थ्य उपचार जनताको माैलिक अधिकार संविधान मा ब्यबस्था भएकोले ब्यबहारतह लागू गर्नु प्रर्यास गर्नुपर्ने ।
२) अस्पतालमा दरबन्दी अनुरूप डाक्टर ब्यबस्थापन र डाक्टर बस्ने वातावरण का लागि शिघ्र पहल गर्नेपर्ने ।
३)अस्पतालले दिनुपर्ने सेवा सरल , सजिलो र बिरामीमैत्री बनाउन पर्ने ।
४) अस्पतालका कतिपय कर्मचारी र नर्सकाे बिरामी प्रति लापरबाही नराम्रो ब्यबहार देखिएको छ यसलाई सुधार गर्नेपर्छ अाबश्य सुधार नअाए यस्ता कर्मचारीको कारबाही गर्नुपर्ने ।
५) अस्पतालमा बिरामी वाडमा उडुसकाे समस्या छ यसलाई तत्काल सरसफाइ गर्नुपर्ने।
६)अस्पतालमा भएका उपकरण कतिपय प्रयोगमा आएकाे छैन भन्ने छ यसलाई चाडाे प्रयोगमा ल्याउन पहल गर्ने नभएका आबश्य उपकरण ब्यबस्थापन गर्नुपर्ने ।
७) फार्मेसी थप ब्यबस्थित गर्नुपर्ने ।
८) बढदाै बिरामीकाे चाप अनुसार जनशक्तिको ब्यबस्थापनमा पहल गर्नेपर्ने ।
ज्ञापनपत्र बुझ्दै महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार