अखिल ( क्रान्तिकारी ) कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चयन

२०७९ जेष्ठ २७ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल( क्रान्तिकारी ) कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह- संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह- संयोजकमा शिव गौतमलाई चयन गरेको छ । बैठकले संगठन सुदृढ तथा बिस्तार अभियान चलाउने र भाद्रको पहिलो हप्तामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सेक्रेटरी काजी गुरुङले युवा विधार्थी नै भबिस्यको कर्णधार भएकोले देशको स्वाधीनता बचाउने र समाजवाद निर्माण गर्ने अभियानमा नयाँ पुस्ता अनिवार्य लाग्नुपर्ने बताए । नयाँ पुस्ताले वर्तमान राजनीति माथि हस्तक्षेपकारी भुमिका खेल्न तयार नहुने हो भने समाज रुपान्तरणमा गति पैदा नहुने बताए । बैठकमा पोखरा नगर सेक्रेटरी प्रकाश बास्तोला, संगठनका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज पुरन पुन लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे । बैठकको अध्यक्षता युवराज थापाले गरेका थिए भने संचालन सचिन पौडेलले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]