अखिल (क्रान्तिकारी) मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न

२०७९ जेष्ठ २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यता रहेको थियो । शनिबार बसेको बैठकले शैक्षिक क्षेत्रमा भएको विकृति, विसंगति विरुद्ध शैक्षिक संघर्ष चलाउने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने र पार्टीको नवौं महाधिवेशनको लागि आवश्यक तयारी गर्ने निर्णय लिएको छ। समय र परिस्थितिको माग अनुसार नेकपा मकवानपुरको २१ औं पूर्ण बैठक पश्चात अखिल (क्रान्तिकारी) मकवानपुरको बैठक बोलाइएको हो । बैठकमा संगठनको चौथो पूर्ण बैठकले गरेको निर्णयहरुको कार्यन्वयन सम्बन्धि समिक्षा भएको छ । प्रत्येक पालिका र क्याम्पसहरुमा लिएको जिम्मेवारी निर्वाह, समस्या, चुनौती र कार्यन्वयन सम्बन्धि सबैले रिपोर्ट पेश गरेका थिए । जिल्ला पार्टीको सर्कुलर वाचन पश्चात बैठकका प्रमुख अतिथि वाटरले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । उनले निरास नभई नयाँ आशा र दृढ विश्वासका साथ संगठनको कार्यमा जुट्न प्रेरित गर्दै नयाँ थप गरिएका जिल्ला सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या र माफियाकरणको अन्त्यका लागि शैक्षिक संघर्ष चलाउने, विद्यार्थीको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप सन्चालन गर्ने र आगामी आश्विनमा हुन गइरहेको पार्टीको नवौं महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय लिएको छ । शनिबार हेटौंडा स्थित पार्टी कार्यलयमा बसेको बैठकमा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान, जिल्लाका जनपरिषद प्रमुुुख पुुुष्प र विशेष जिल्ला सेक्रेटरी पेमाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार