अखिल (क्रान्तिकारी)द्धारा लुम्बिनी इन्जिनियरिङ कलेजमा तालाबन्दी

काठमाडौं । अखिल (क्रान्तिकारी) लुम्बिनी इन्जिनियरिङ कलेज इकाई समितिले कलेज प्रशासनमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले यसअघि कलेजभित्र विद्यार्थीका विभिन्न समस्याहरु रहेको भन्दै कलेज प्रशासनलाई ध्यानाकर्षण पत्र दिएको थिए । कलेजले विद्यार्थीहरुको समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको संगठन कलेज इन्चार्ज गोपाल रोकले बताए । अखिल (क्रान्तिकारी)ले २०७९ ÷ ०२ ÷ २९ गते कलेजमा देखिएका विविध समस्याका बिषयमा ११ बुधे ध्यानाकर्षण पत्र कलेज प्रशासन लाई बुझाएको थियो । पत्र बुझाएको लामो समय बित्दा पनि कलेज प्रशासन बिधार्थीहरु को माग प्रति संबेदनशील नरहेको र बार्ताका लागि कुनै पर्क्रिरया अगाडी नचालेको हुनाले अखिल ( क्रान्तिकारी )लुम्बिनी इन्जिनियरिंग कलेज इकाई समितीले क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेकोछ I बिधार्थीका मागहरु चाडो भन्दा चाडो कलेज प्रशासनले सम्बोधन नगरे थप चरमबढ्द संगर्षका कार्यक्रमहरू घोषणा गरिने अखिल ( क्रान्तिकारी ) लुम्बिनी इन्जिनियरिंग कलेजका इन्चार्ज गोपाल रोकाले जानकारी दिए ।