अखिल (क्रान्तिकारी)द्वारा शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उदघोष

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । सो संगठनको चौथो पूर्ण बैठकले समान, निःशुल्क, वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णयसमेत गरेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा असार ११, १२ र १३ गते बसेको अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आफ्नाे संगठनले मुल्यबृद्धि, महङ्गी, भ्रष्टाचार, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौताका विरुद्ध निर्णायक संघर्ष गर्ने लगायतका निर्णय गरेको बताए । अध्यक्ष शाहीले युवामा देखिएको लागुऔषध दुव्र्यसनी र प्रतिभा पलायनविरुद्ध अभियान सञ्चालन गर्नुका साथै निजी विद्यालयहरुले प्रत्येक वर्ष फेर्ने पाठ्यक्रम र सरकारी तथा सामूदायिक विद्यालयमा भइरहेको पाठ्यपुस्तक अभावबारे पनि संघर्ष गर्ने बताए । उनले पछिल्लो समय आफूहरु दलाल, भ्रष्टहरुकोविरुद्धमा सशक्त आन्दोलनमा उत्रिएको स्मरण गराउदै भने -‘हाम्रो पार्टीले भूमाफियाविरुद्ध, भ्रष्ट मन्त्रीहरुको विरुद्धमा आन्न्दोलनको नेतृत्व गरेको थियो। सरकारले दबाबस्वरुप हाम्रो पार्टीसँग तीन बुँदे सम्झौता गर्यो। त्यो सम्झौताले नेपाली राजनीतिक समस्यालाई शान्तिपूर्ण तवरले समाधान गर्ने बाटो तय गरेको थियो। सहमतिअनुसार हाम्रा नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुटा मुद्दा खारेज गर्ने कुरा थियो। तर, अहिले सरकारले सहमति कार्यान्वयन गरेन।’
अध्यक्ष शाहीले अहिलेको सरकारले देशमा तमाम विकृति र विसंगतिको चाङ थोपरेको आरोप लगाए। उनले सदनबाट एमसीसी पास हुँदै गर्दा आफ्नो पार्टी सडकमा उत्रिएको स्मरण गउदै भने- ‘भ्रष्टाचार र विकृतिको विरुद्धमा हाम्रो पार्टी र संगठन जीवन र मरणको संघर्ष गर्ने घोषणा गरिसकेको छ, हामी यो देशमा वैज्ञानिक समाजवाद खडा गरेरै छाड्छौं।’
उनले वैज्ञानिक समाजवादी शिक्षाको अवधारणाबारे सरोकारवाला सबैको सहभागितामा अन्तरक्रिया गर्नेबारे पनि संगठनको हालैको बैठकले निर्णय लिएको उल्लेख गर्दै सरकारी क्याम्पसहरुमा जागिर खाएर निजी कलेज तथा क्याम्पस सञ्चालन गर्नेविरुद्ध संघर्ष गर्ने, सवदेशी सम्बन्धन प्राप्त कलेजहरुलको भर्ना, विद्यार्थी कोटा, शुल्क र आवश्यक मापदण्डबारे शिक्षा मन्त्रालयसँग छलफल गर्ने, मेडिकल शिक्षाको शुल्क, भर्ना प्रक्रियामा चिकित्सा शिक्षा आयोगले गरेको ढिलाईबारे सम्बन्धित निकायको ध्यानाकार्षण गरिने बताए ।
बैठकले राजनैतिक वैचारिक विचलनका कारण रिक्त पद रहेको संगठनको महासचिवमा ललित विक,सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रितिमा चौधरीलाई निर्वाचित गरेको बताइएको छ।
पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र विक,नवनिर्वाचित महासचिव ललित विक,सचिव प्रकाश जप्रेल र कोषाध्यक्ष प्रितिमा चौधरीले समेत आफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकले राजनैतिक वैचारिक विचलनका कारण रिक्त पद रहेको संगठनको महासचिवमा ललित विक,सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रितिमा चौधरीलाई निर्वाचित गरेको बताइएको छ।
पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र विक,नवनिर्वाचित महासचिव ललित विक,सचिव प्रकाश जप्रेल र कोषाध्यक्ष प्रितिमा चौधरीले समेत आफ्नो धारणा व्यक्त गरेका थिए ।