काठमाडौं उपत्यकाको खानेपानीमा हैजाको जीवाणु

२०७९ असार १७ गते, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानीमा हैजाको जीवाणु भेटिएको छ । ट्यांकर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयूकेएल’ले वितरण गर्दै आएको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो । पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण त्यसमा पनि जीवाणु फेला परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गर्दा पानी सिधै पिउन योग्य नरहेको भेटिएको जनाएको छ । कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन समेत दिएको छ । नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केही दिनदेखि अनुगमनलाई तिब्रता दिएको छ । काठमाडौं उपत्यकामा हालसम्म १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने स्वास्थ्यकर्मीको चेतावनी छ । जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु